२०८१ फागुन १९, सोमवार , ०९:४१:३५ बजे

Sajhamanch
'

भारतविरुद्धको खेलमा पाकिस्तानले पहिला बलिङ गर्ने

आइतवार, भदौ २४, २०८०

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत भारतविरुद्धको खेलमा पाकिस्तानले पहिला बलिङ गर्ने भएको छ।

एसिया कप अन्तर्गत सुपर फोरको खेल श्रीलंकाको आर प्रेमदासा क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर बलिङको निर्णय लिएको हो।

समूह चरणमा भारत र पाकिस्तानको खेल वर्षाको कारण पुरा हुन नसकेर बराबरीमा सकिएको थियो। सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बङ्गलादेशलाई पराजित गरी सुखद सुरुआत गरेको छ।

भारतको भने यो सुपर फोरको पहिलो खेल हो। सुपर फोरमा समूह (ए) बाट पाकिस्तान र भारत तथा समूह (बी) बाट श्रीलङ्का र बङ्गलादेश पुगेका छन्। सुपर फोरमा बङ्गलादेशले दुई वटा खेल खेलिसक्यो। उसले दुवै खेलमा पराजित भोगेको छ।

सम्बन्धित खबर