झापा । पराजुली समाज नेपाल झापाको अध्यक्षमा गणेश पराजुली निर्वाचित भएका छन् ।
झापाको कनकाईस्थित कोटीहोमको पराजुली भवनमा शनिबार भएको १७औं साधारणसभा तथा छैटौ अधिवेशनबाट गणेशको अध्यक्षतामा १५ सदस्यीय झापा जिल्ला कार्यसमिति चयन भएको हो ।
कोटीहोमको पराजुली भवनको उद्घाटनसँगै भएको अधिवेशनबाट निर्वाचित गणेश कोटीहोममा पराजुली बन्धुका कुलदेवी विन्दबासिनी मन्दिरका निर्माणकर्तासमेत हुन् । उनी बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति सदस्य पनि हुन् ।
समितिको प्रथम उपाध्यक्षमा काशी, महिला उपाध्यक्षमा शारदादेवी, सचिवमा नारायण, सह–सचिवमा प्रतिक्षा र कोषाध्यक्षमा हरिहर पराजुली चयन भएका छन् ।
त्यस्तै सदस्यमा चन्द्रप्रसाद, टंकप्रसाद, बेनु, मित्र, प्रेमबहादुर, भवानी, देवीप्रसाद, चन्द्रप्रसाद र देवेन्द्र पराजुली चयन भएका छन् ।
पराजुली समाज झापाका अध्यक्ष दुर्गाप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष विश्वम्भरकृष्ण पराजुलीको प्रमुख आतिथ्य रहेको थियो ।
साधारणसभामा उपस्थितहरुलाई उपाध्यक्ष शारदादेवी पराजुलीले शाब्दिक स्वागत गरेको कार्यक्रममा निवर्तमान केन्द्रीय अध्यक्ष कूलप्रसाद पराजुली, निवर्तमान केन्द्रीय उपाध्यक्ष शिवप्रसाद पराजुलीको विशेष आतिथ्य रहेको थियो ।
कोशी प्रदेश समितिका महासचिव बुद्धिप्रसाद पराजुलीले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा कोशी प्रदेश अध्यक्ष गोपालप्रसाद पराजुली, मोरङ अध्यक्ष थीरप्रसाद पराजुली, सुनसरी अध्यक्ष सन्तोष पराजुली लगायतको आतिथ्य रहेको थियो ।
सोही कार्यक्रमका बिच अभिनन्दन, तीज मिलन लगायतका कार्यक्रमहरु समेत गरिएको अध्यक्ष गणेश पराजुलीले जानकारी दिएका छन् ।