
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–६ मा पानी तान्ने मोटरको तारबाट करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
पथरीशनिश्चर–६ की ५६ वर्षीया शन्तिला भट्टराईको नुहाउने क्रममा मोटरको तारबाट करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।
उनका अनुसार कलमा नुहाउने क्रममा पानी तान्ने मोटरको तारबाट शनिबार बिहान ६ बजेतिर भट्टराईलाई करेन्ट लागेको हो।
करेन्ट लागेर घाइते भएकी भट्टराईको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पताल मृत्यु भएको थियो। घटनाबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ।