
काठमाडौं । म्यानमारसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि नेपाली टिमको सुरुआती–११ सार्वजनिक भएको छ ।
नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले किरण चेम्जोङको कप्तानीमा पहिलो रोजाई सार्वजनिक गरेका हुन् ।
म्यानमारस्थित थुवुन्न रंगशालामा हुने खेल नेपाली समयअनुसार आज ४ः१५ बजेदेखि सुरु हुनेछ । नेपालले म्यानमारसँग फिफा विन्डोमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । यी दुई टिमबीचको दोस्रो खेल भदौ २५ गते हुनेछ ।
नेपाली टिम :
किरण चेम्जोङ (कप्तान, गोलकिपर), सनिष श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, लाकेन लिम्बू, आवास लामिछाने, जिलेस्पीजँग कार्की, आशिष चौधरी, अञ्जन बिष्ट, आयुश घलान र मनिष डाँगी ।