२०८१ माघ २४, बिहिवार , ०१:२९:११ बजे

Sajhamanch
'

संसदीय समितिको बैठकमा प्रधानमन्त्री प्रचण्ड अनुपस्थित

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको बैठकमा अनुपस्थित भएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा आसन्न चीन भ्रमणका एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई बोलाइएको थियो ।

तर उनी बैठकमा अनुपस्थित भएपछि परराष्ट्रमन्त्री एनपी साउदसँग संसदीय समितिले छलफल गरिरहेको छ ।

बैठकमा सहभागी पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री प्रचण्ड पनि बैठकमा उपस्थित भइदिएको भए समितिको गरिमा र महत्व बढ्ने थियो भने ।

सम्बन्धित खबर