
काठमाडौं । धादिङमा छोरामाथि खुर्पा प्रहार गरेर बाबु फरार भएका छन् । धुनीबेँसी नगरपालिका–९, रूपाकिटका ६० वर्षीय श्याम रञ्जितकारले ३० वर्षीय छोरा दिनेशमाथि खुर्पा प्रहार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार बेलुका करिब ८ बजेर ५० मिनेटमा श्यामले खुर्पा प्रहार गरेका थिए । घरायसी विवादका क्रममा खुर्पा प्रहार गरिँदा श्याम घाइते भएका छन् । उपचारका लागि उनलाई काठमाडौंस्थित ट्रमा सेन्टरमा ल्याइएको थियो ।
घटनापछि बाबु श्याम फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । मादकपदार्थ सेवनपछि उनीहरूबीच झगडका भएको प्रहरीको अनुमान छ ।