
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । भदौ १० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो । तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसपछि अदालतले भदौ २१ गते ९आज०का लागि अर्को पेसी तोकेको हो ।
सर्वोच्च अदालतले संवेदनशील विषयको मुद्दा भएको भन्दै अग्राधिकारसहित चाँडो फैसला गर्न आदेश दिइसकेको छ । तर, जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दा किनारा लाग्न सकेको छैन ।यसअघि, निरन्तर सुनुवाइ गरी फैसला दिने भनिए पनि सन्दीपले पेस गरेको पीडित ‘गौशाला २६ ९छ०’ को जन्म दर्तासम्बन्धी कागजात नक्कली रहेको पुष्टि भएको थियो ।
सन्दीप पक्षले नै पेस गरेको बसाइँसराइसम्बन्धी कागजमा उल्लेखित गौशाला २६ (छ) र उनकी आमाबीचको उमेरको फरक अस्वाभाविक रहेको भन्दै प्रश्न उठाइएको थियो । आमाको उमेर यकिन गर्ने आदेश भएर रोकिएको थियो ।