२०८१ माघ २४, बिहिवार , ०१:४९:४६ बजे

Sajhamanch
'

ऐतिहासिक क्षणको प्रत्यक्ष साक्षी बन्न पाइयोः रवि लामिछाने

बुधवार, भदौ २०, २०८०

काठमाडौँ । स्वतन्त्र राष्ट्रिय पार्टीका सभापति रवि लामिछानेले एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेलमा ऐतिहासिक क्षणको प्रत्यक्ष साक्षी बन्न पाएकोमा गर्व महसुस भएको बताएका छन्।

एसिया कप हेरेर बुधबार श्रीलंकाबाट फर्कने क्रममा त्रिभूवन विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले नेपालका खेलाडीले विशम परिस्थिति र सीमित स्रोत साधनका वाबजुद उत्कृष्ट प्रदर्शन गरेको बताए।

ऐतिहासिक क्षणको प्रत्यक्ष साक्षी बन्न पाइयो। जसरी नेपालले प्रदर्शन गर्यो। मौका ऐतिहासिक थियो। प्रस्तुति पनि ऐतिहासिक थियो। त्यसको प्रत्यक्ष दर्शी बन्दा गर्वको अनुभूति भएको छ। उनले भने।

उनले नेपालमा क्रिकेटको सम्भावना अथाहा भएको पनि बताए। उनले भने, खेलाडीहरुले राम्रो नतिजा ल्याउँछन त्यतिखेर मात्र चर्चा हुन्छ। यस्तो विशम परिस्थिति र सीमित स्रोत साधनको बावजुद पनि खेलाडीले जुन खालको प्रदर्शन गरेका छन्। त्यसले अथाहा सम्भावना भएको देखाउँछ। उनले क्रिकेटको विकासका लागि आवश्यक पर्ने निति निर्माण तहमा आफूहरु पुगेको भन्दै यसबारे संसद्मा समेत आवाज उठाउने बताएका छन्।

सम्बन्धित खबर