२०८१ पौष ८, सोमवार , ११:३९:०१ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी एनएमसी बिर्तामोड कार्यालयको १५ दिने सार्वजनिक सूचना

बुधवार, भदौ २०, २०८०

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०८०/५/१५

जिल्ला झापा बिर्तामोड–३ बस्ने शिवचन्द्र मिश्र (सदस्य नं. ४६३५) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८० साल जेठ ७ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला बिर्तामोड–३ बस्ने निजकी श्रीमती मुना कार्कीले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८० साल असार ३१ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

— एनएमसी बिर्तामोड कार्यालय

सम्बन्धित खबर