२०८२ कार्तिक ३०, शनिवार , ०१:२९:३१ बजे

Sajhamanch
'

लुम्बिनीमा एमालेको नेतृत्व छान्न मतगणना जारी

मङ्गलवार, भदौ १९, २०८०

बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेशको नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ।

प्रदेश कमिटीको अध्यक्षका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन्। कँडेल पाल्पाका हुन् भने, रिजाल प्युठानमा हुन्।

पदाधिकारी र सदस्यसहित २०५ को प्रदेश कमिटीका लागि ३६४ जना प्रतिस्पर्धामा उत्रेका थिए। आज साढे ८ बजेदेखि भएको मतदान दिउसो ३ सकिएको थियो। कुल १००४ मतदाता मध्ये ९६५ मत खसेको मुख्य निर्वाचन अधिकृत हरि प्रसाद भण्डारीले जानकारी दिए।

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ,विश्वराज बराल, बाँकेका पूजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वली छन्।उपसचिवमा रुकुम पूर्वका उपेन्द्रलाल कामी, बाँकेका दुर्गाप्रसाद थारू चौधरी, रोल्पाका पूर्ण बुढामगर र गुल्मीका हिरा एसी रहेका छन्। यस्तै, महिला उपसचिवमा बाँकेकी आरती पौडेल, बसन्ती अधिकारी र बर्दियाकी लिला रानामगरको उम्मेदवारी रहेको छ। सचिवमा लक्ष्मण आचार्य निरर्विरोध भइसकेका छन्।

सम्बन्धित खबर

आज देशभरको मौसम सफा रहने
शनिवार, कार्तिक ३०, २०८२
आज वर्षकै पहिलो एकादशी
शनिवार, कार्तिक ३०, २०८२