२०८१ फागुन १, बिहिवार , ११:१७:२२ बजे

Sajhamanch
'

चट्याङ लागेर ८ विद्यार्थी घाइते

मङ्गलवार, भदौ १९, २०८०

गुल्मी । गुल्मीमा चट्याङ लागेर ८ जना विद्यार्थी घाइते भएका छन्।जिल्लाको मुसिकोट नगरपालिका–६ मा रहेको कुर्घा निम्न माध्यमिक विद्यालयमा विद्यार्थी चट्याङ लाग्दा ८ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले बताए।

सोमबार दिउँसो विद्यालयमै पठनपाठन गरिरहेको समयमा चट्याङ लागेको थियो। चट्याङ लागेर घाइते मध्ये ४ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ।

कक्षा ६ मा पढने इसा घर्ति, अनसुसा बिक, भरत बिक र कक्षा ८ मा पढने अनिसा सुनारलाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरी निरीक्षक सापकोटाले बताए। अन्य घाइते ४ जना स्थानीय स्वास्थ्य संस्थामा उपचार पछि फर्केका छन्।

सम्बन्धित खबर