२०८१ माघ २४, बिहिवार , ०३:३३:३८ बजे

Sajhamanch
'

प्रधानमन्त्री प्रचण्डले अमेरिका र चीन भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराए

सोमवार, भदौ १८, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।

सोमबार बिहान शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो अमेरिका र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

साथै, भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर