![](https://sajhamanch.com/wp-content/uploads/2023/09/efdg-1693736142.jpg)
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसित अमेरिकी सिनेटर क्रिस भान होलेनले भेटवार्ता गरेका छन् । उनी अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्यसञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य हुन् ।
आइतबार सिंहदरबारमा उनले घिमिरेसित शिष्टाचार भेटवार्ता गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ । होलेनले उपसभामुख इन्दिरा रानासित पनि भेटवार्ता गरेका छन् ।
गएको शुक्रबार दिउँसो उनी काठमाडौं आइपुगेका थिए ।