२०८१ मंसिर १०, सोमवार , ०१:४४:२८ बजे

Sajhamanch
'

युवा संघ हल्दिबारीको अध्यक्षमा सर्वधन

शनिवार, भदौ १६, २०८०

भद्रपुर । राष्ट्रिय युवा संघ नेपाल हल्दिबारी गाउँ कमिटीको अध्यक्षमा सर्वधन तामाङ चयन भएका छन् ।

नेकपा एमालेको जनसंगठन युवा संघको दोश्रो अधिवेशनले तामाङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । सो कमिटीको उपाध्यक्षमा तुलसी मिश्र, सचिव चिरन ढुँगेल, सहसचिव सलिना भट्टराई र कोषाध्यक्षमा संजोक राई रहेका छन् ।

संघको भदौ १३ गते आयोजित दोस्रो अधिवेशनले सर्वसम्मत नेतृत्व चयनका लागि पार्टीका नेता मोहनचन्द्र रेग्मीको अध्यक्षतामा ७ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको थियो ।

अध्यक्ष लगायत अन्य पदाधिकारीका आकाँक्षीहरुको संख्या अधिक देखिए पछि पार्टी नेतृत्वले योग्यता, क्षमता, विगतमा प्राप्त जिम्मेवारी लिँदा प्रदर्शन गरेको कार्यकुशलतालाई आधार मानेर नेतृत्व टुंग्याएको अध्यक्ष मण्डलका सदस्य नरेश चुडालले जानकारी दिए ।

सम्बन्धित खबर