![](https://sajhamanch.com/wp-content/uploads/2023/09/prachanda-janatasanga-maoist-1024x630-1.jpg)
काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले तीनजना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई मापदण्ड विपरीत सरुवा गरेको छ । डीएसपी भरत शाह (बझाङ), भोजराप पाण्डेय (मुस्ताङ) र फणिन्द्र रानाभाट (मनाङ)को सरुवा मापदण्ड मिचेर गरेको हो । उनीहरूलाई मापदण्ड विपरीत जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी दिइएको हो ।
सरुवा मापदण्डमा अवकाश हुन एक वर्ष बाँकी रहेको अवस्थामा प्रहरी अधिकारीलाई कार्यालय प्रमुख नबनाइने उल्लेख छ । प्रहरी प्रधान कार्यालयले साउन २१ मा जारी गरेको मापदण्डमा प्रचलित नियमानुसार एकवर्ष बाँकी रहेका प्रहरी अधिकारीको हकमा त्यस्ता प्रहरी अधिकारीले चाहेको ठाउँमा सरुवा पठाउन सकिने तर कार्यालय प्रमुखको जिम्मेवारी दिन नसकिने उल्लेख छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालयले १२० डीएपीको सरुवा गरेको थियो । ३१ डीएसपीले आगामी ०८१ भदौमा अनिवार्य अवकाश पाउँदैछन् ।