२०८१ फागुन २०, मङ्गलवार , १२:५४:५९ बजे

Sajhamanch
'

एसियन च्याम्पियनसिपका लागि टेबल टेनिस खेलाडी कोरिया प्रस्थान

शुक्रवार, भदौ १५, २०८०

काठमाडौं । २६ औं एसियन च्याम्पियनसिपका लागि नेपालका टेबल टेनिस खेलाडी कोरिया प्रस्थान गरेका छन् ।

नेपालका लागि यस पटक ५ जना खेलाडीले एसियन च्याम्पियनसिपमा भाग लिएका छन् । सेप्टेम्बर ३ देखि १० (भदौ १७ देखि २४ गते) सम्म कोरियाको पियोङ चाङमा प्रतियोगिता हुँदैछ ।

एसियन गेम्सको तयारी गरिरहेका नेपालका ६ मध्ये ५ खेलाडीले एसियन च्याम्पियनसिप खेल्न लागेका हुन् ।

नविता श्रेष्ठले भने ओलम्पिक संघको आयोजनामा अमेरिकामा हुने एक इभेन्टमा जाने भएका कारण एसियन च्याम्पियनसिप गुमाएकी हुन् ।

एसियन गेम्सको तयारीमा रहेका अन्य देशका खेलाडी पनि एसियन च्याम्पियनसिपमा आउने हुनाले एसियन गेम्सको तयारी स्वरुप यो प्रतियोगितालाई लिएको खेलाडीहरुले बताएका छन् ।

सम्बन्धित खबर