२०८१ पौष १९, शुक्रवार , ०८:३७:५२ बजे

Sajhamanch
'

खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढ्यो

शुक्रवार, भदौ १५, २०८०

काठमाण्डौ । खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढेको छ । बढेको भाउ गएराति १२ बजेदेखि नै लागू भएको नेपाल आयल निगमले जनाएको छ ।निगमले इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेलरमट्टितेलमा ३ रुपैयाँ बढाएको छ ।

त्यस्तै, खाना पकाउने ग्यासको एकैपटक २ सय ३५ रुपैयाँले मूल्य बढेको छ । नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १ हजार ८ सय ९५ रुपैयाँ पुगेको छ । यसअघि ग्यासको भाउ १ हजार ६ सय ६० थियो ।त्यस्तै, पेट्रोल काठमाण्डौमा प्रतिलिटर १ सय ८२ र डिजेलरमट्टितेल प्रतिलिटर १ सय ७० पुगेको छ । यसअघि काठमाण्डौमा पेट्रोल १ सय ७८ र डिजेलरमट्टितेल १ सय ६७ रुपैयाँ थियो । निगमले स्वचालित मूल्य प्रणाली अनुसार नै भाउ बढेको जनाएको छ ।

सम्बन्धित खबर