२०८१ माघ ३०, बुधवार , ०१:३६:४९ बजे

Sajhamanch
'

तीन महिना अनशन बसेपछि आरतीसँग सरकारको दुई बुँदे सहमति

मङ्गलवार, भदौ १२, २०८०

काठमाडौं । वैवाहिक बलात्कारको मुद्दामा न्यायाधीश समेत रहेका श्रीमान् भुवन गिरीलाई कारबाहीको माग गर्दै दुई महिनादेखि अनशन बसेकी आरती रावल (गिरी) सँग सरकारले दुई बुँदे सहमति गरेको छ ।

मंगलबार भएको वार्तापछि गृह मन्त्रालयका उपसचिव कुलबहादुर जिसी र आरती रावल गिरीले दुई बुँदे सहमति गरेका छन् ।

सहमतिमा आरतीले दिएको श्रीमान्विरुद्धको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा उनको शान्ति सुरक्षा व्यवस्थापनका लागि मातहतका निकायलाई आवश्यक निर्देशन र सहजीकरण गर्ने भनिएको छ ।

दोस्रो बुँदामा रावलले १० असार २०८० देखि गरेको अनशन अन्त्य गर्ने भनिएको छ । यो सहमतिको रोहवरमा अधिवक्ता इन्द्रप्रसाद अर्याल र गृह मन्त्रालयका दिनेश न्यौपाने छन् ।

प्रहरीले न्यायाधीश रावललाई यसअघि पक्राउ समेत गरेको थियो । तर, जिल्ला अदालत, काठमाडौंमा ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।

सम्बन्धित खबर