![](https://sajhamanch.com/wp-content/uploads/2023/08/Shankar-pokharel-4-270x170-1-e1693314225594.jpg)
काठमाडौं । नेकपा एमालेका नेताहरु आगामी शनिबार चीन भ्रमणमा जाने भएका छन् ।
महासचिव शंकर पोखरेलको नेतृत्वमा एमाले नेताहरु १६ गते चीन जान लागेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्ड ५–७ असोजमा चीनको भ्रमण गर्ने तय भएको छ । त्यसअघि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागले एमाले नेताहरुलाई बोलाएको हो ।
ग्वान्झाओ हुँदै बेइजिङ पुग्ने एमाले नेताहरु उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।