२०८१ चैत ४, सोमवार , ११:३१:५० बजे

Sajhamanch
'

डोल्पामा नेपाली सेनाका गुल्मपति सम्पर्कविहीन

सोमवार, भदौ ११, २०८०

काठमाडौं । डोल्पा सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका छन् ।

गएरातिदेखि पण्डित सम्पर्कबिहीन भएपछि खोजीमा सेनासहित नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारीले भूमिश्वर पोख्रेलले पुष्टि गरेका छन् ।

‘बडीगार्डलाई पनि छाडेर एक्लै निस्किनुभएको हुँदा हिजोदेखि सम्पर्कमा नआउनु भएको खबर आएपछि खोजीमा टोली परिचालन गरेका छौं’, उनले भने, ‘अहिले यहाँ नेटवर्कको पनि समस्या छ, त्यसैले खोजीमा केही जटिलता छ ।’

सम्बन्धित खबर