२०८१ माघ ३०, बुधवार , ०५:३४:५८ बजे

Sajhamanch
'

बिर्तामोडमा साइकलबाट लडेर एक जनाको मृत्यु

सोमवार, भदौ ११, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन्।बिर्तामोडस्थित मुक्तिचौक छेउको प्रसाईँ सुपर मार्केटअगाडि ती व्यक्ति सोमबार बिहान मृत फेला परेका थिए । अन्दाजी ३५ वर्षको मधेसी समुदायको जस्तो देखिने व्यक्ति ढलभित्र मृत अवस्थामा भेटिएको थियो ।

घटनास्थलमा उनले प्रयोग गरेको साइकलसमेत भेटिएको छ । ढलभित्र मानिस मृत भेटिएसँगै इलाका प्रहरी कार्यालय बिर्तामोडको टोली तत्काल घटनास्थल पुगेका थिए । घटनास्थल वरिपरि लगाइएको सिसी टिभी फुटेज हेर्दा साइकलमा सवार ती व्यक्ति आफै अनियन्त्रित भएर ढलमा गएर लडेको प्रस्ट देखिएको डीएसपी रिजालले बताएका हुन् ।