असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
प्रथमपटक प्रकाशित मितिः २०८०/५/८
झापा जिल्ला झापा गाउँपालिका वडा नं. ५ बस्ने दिनेशप्रसाद राजवंशी (सदस्य नं. २२७८७) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८० साल असार ६ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला झापा गाउँपालिका वडा नं. ५ बस्ने निजका छोरा अरुणकुमार राजवंशीले आफ्नो बाबुको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८० साल साउन ९ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
– एनएमसी शरणामती कार्यालय