भद्रपुर । नेपाल कम्युनिष्ट एमाले भद्रपुर वडा नम्बर ७ को दोस्रो विशेष वडा अधिवेशनले मातृका तिम्सिनाको नेतृत्वमा २७ सदस्यीय वडा कमिटी गठन गरेको छ ।
वडा नम्बर ७ को विसम टोलमा आज शनिबार सम्पन्न विशेष अधिवेशनले वडा कमिटीको उपाध्यक्षमा सीतादेवी गुरागाई, सचिवमा सुजन विष्ट दुलाल, उपसचिवमा सरिता पोखरेल, उपसचिवमा पुष्पलाल राजवंशी, सर्वसम्मत चयन भएका हुन् ।
वडा अधिवेशनले कार्य समिति सदस्यहरुमा हुकुमलाल गणेश, सुरज श्रेष्ठ, अशिम घिमिरे, कुपित नारायण राजवंशी, सुमित्रा ढकाल, केदार पासवान, कमला बराल, कृष्ण खतिवडा, माया भट्टराई, कमन धमला, कालु राजवंशी, राधा पासवान, जगन्नाथ खतिवडा, योगेन्द्र ढुङ्गाना, टंक ओली, डिल्ली खतिवडा, वेना सोरेन, वित्रिस टुडु, मेघनाथ निरौला, लिलादेवी भट्टराई र श्यामकुमारी काफ्लेलाई सर्वसम्मत निर्वाचित गरेको छ ।
नव निर्वाचित कमिटीलाई नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य माधव विद्रोहीले सपथ गराएका थिए ।
मातृका तिम्सिनाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेकपा एमाले प्रदेश कमिटीका सदस्य माधव विद्रोही, प्रदेश सल्लाहकार लक्ष्मण पोखरेल, जिल्ला उपसचिव अशारु राजवंशी, नगर कमिटी उपाध्यक्ष भीम सुब्बा केरुङलगायतका वक्ताहरुले नेकपा एमालेको मिसन २०८४ लाई सफल बनाउन पार्टी संगठन मजबुत बनाउनु पर्नेमा जोड दिएका थिए ।
सरिता पोखरेलले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सीता गुरागाईले शाब्दिक स्वागत गरेकी थिइन् ।