गौरादह । नेपाली कांग्रेस गौरादह नगर समितिको नगर सम्मेलन आज शुक्रबार सम्पन्न गरिएको छ । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेको प्रमुख आतिथ्य एवं झापाका सभापति देउकुमार थेवेको विशेष आतिथ्यमा वीपी स्मृति भवन गौरादहमा नगरसम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनका क्रममा नगर सभापति गोपाल कोइरालाले पार्टीले हालसम्म गरेका कार्यप्रगति र भावी योजनाका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि घिमिरे, विशेष अतिथि थेवे, पार्टी प्रतिनिधि एवं उपसभापति शेरबहादुर भट्टराई, नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटी, ५ नं क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी लगायतले सो अवसरमा आफ्ना धारणा राखेका थिए ।
लक्ष्मी बाराकोटी प्रसाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर सचिव माधव कोइरालाले गरेका थिए ।
यसैबीच नगर समिति एवं नेपाल महिला संघ गौरादहको संयुक्त आयोजनामा शुक्रबारबाट तीनदिने उद्घोषण तालिम शुरु भएको छ ।
सयजना हाराहारी सहभागी तालिममा प्रशिक्षक विरेन्द्र शाहले प्रशिक्षण दिने र सहजीकरण नेपाल प्रेस युनियन झापाका सभापति गिरीराज भट्टराईले गर्ने तय भएको छ ।