२०८१ पौष ११, बिहिवार , १०:११:२८ बजे

Sajhamanch
'

अधिकारी परिवारको १०,१०५ पत्रकार उपचार कोषमा

शुक्रवार, भदौ ८, २०८०

भद्रपुर । भद्रपुर १० चन्द्रगढी निवासी पूर्व राष्ट्रसेवक स्वर्गीय काँशीनाथ अधिकारीको स्मृतिमा परिवारले नेपाल पत्रकार महासंघ झापा शाखाको साहारा पत्रकार उपचार कोषलाई १० हजार १०५ रूपैया सहयोग गरेको छ ।

गतवर्ष भदौ ८ गते ७० वर्षको उमेरमा उपचारको क्रममा निधन भएका अभिभावकको स्मृतिमा पत्नी गंगादेवी अधिकारी र बुहारी मञ्जु खतिवडा अधिकारीले कोषलाई सो रकम सहयोग गरेका हुन् । पाचन प्रणालीमा पलाएको ऐजेरूको शल्यक्रियाको क्रममा भक्तपुरको सल्लाघारी क्यान्सर अस्पतालमा अधिकारीको निधन भएको थियो ।

स्वर्गीय अधिकारीले खोटाङ्गमा रहँदा विद्यालय स्थापनादेखि सामाजिक जागरणसम्मका समाज सेवाका काममा योगदान पुर्याएको स्मरण गर्दै परिवारले समाजमा केही न केही देन दिने प्रतिवद्धता जनाएकोले उक्त सहयोग गरेको छोरा द्रोणले जनाएका छन् । खोटाङ्ग जिल्लाको साविक डुम्रेधारापानी १ हिडपा गुहेलेमा वि सं २००९ साल असोज १३ गते जन्मिएका अधिकारीले ३२ वर्ष निजामती कर्मचारीका रुपमा सरकारी सेवा गरेका थिए ।

सहयोग रकम ग्रहण गर्दै उपचार कोषका संयोजक केशव भट्टराइले साहारा पत्रकार उपचार कोष झापाली सञ्चारकर्मीको साझा कोष भएकोले दाताहरूको माया पाइरहेको बताए । समाज विकासमा सञ्चारकर्मीको उल्लेख्य योगदान रहने भए पनि आर्थिक रूपमा सबै सञ्चारकर्मी सबल बन्न नसक्दा सामान्य रोग लाग्दा पनि उपचारमा समस्या परेर बस्नु नपरोस् भन्ने ध्येयले कोष स्थापना गरेर सहयोग गरिरहेको उनले जानकारी दिए ।

सम्बन्धित खबर