२०८१ माघ ३०, बुधवार , ०६:१२:४७ बजे

Sajhamanch
'

महिला टी–ट्वान्टी आई सिरिज: नेपाल र मलेसिया भिड्दै

शुक्रवार, भदौ ८, २०८०

काठमाडौँ । मलेसियामा जारी चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले आज घरेलु टोलीसँग प्रतिष्पर्धा गर्दैछ । मलेसिया र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ बजे मलेसियाको बायोमास ओभलमा शुरु हुनेछ।

आइसीसी महिला टि–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेको छ । यसअघिका दुई खेलमा जित दर्ता गरेको नेपाल ४ अंकसहित फाइनल नजिक छ । मंगलवार भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतलाई पराजित गरेको थियो ।

सम्बन्धित खबर