२०८१ माघ २९, मङ्गलवार , ०९:३६:५४ बजे

Sajhamanch
'

नेप्सेलाई बढ्न सकस, फेरि २००० बिन्दु ताक्दै

बिहिवार, भदौ ७, २०८०

काठमाडौ । तीन दिनअघि १९८० को टेवा पाएर मंगलबार र बुधबार बढेको बजार ३१.५२ अंकले घटेको छ।

दुई दिनमा ४२.४ अंकले बढेको बजार साताको अन्तिम दिन अर्थात् बिहीबार भने १.५४ प्रतिशतले घटेर २०१३.९३ बिन्दुमा बन्द भएको छ।

नेप्से परिसूचक घटेपनि कारोबार रकम भने यस दिन अघिल्लो दिनको तुलनामा केही बढेको छ।

गत कारोबार दिन १ अर्ब ५१ करोड ४ लाख ८८ हजार ९८४ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ५५ करोड ५ लाख ८२ हजार ६८५ रुपैयाँ पुगेको छ।

यस दिन २७५ वटा धितोपत्रको ४६ लाख ५७ हजार १३७ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार कुथेली बुखरी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ।

उक्त कम्पनीको सेयर मूल्य ७०१ रुपैयाँ १० पैसा पुगेको छ।

यस्तै, मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर मूल्य ५.९९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य २६९ रुपैयाँ कायम भएको छ।

सेयर मूल्य सर्वाधिक घट्नेमा मोलुङ हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको सेयरमूल्य ८.५४ प्रतिशतले घटेर प्रति सेयर मूल्य १६२ रुपैयाँ ७० पैसामा सीमित भएको छ।

यस्तै, समता घरेलु लघुवित्तको सेयरमूल्य ८.०९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६२५ रुपैयाँमा झरेको छ।

बिहीबार सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ४५५ रुपैयाँ १० पैसामा ७ करोड ८७ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.७१ प्रतिशत घटको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा घोराही सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५०८ रुपैयाँमा ६ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

यसदिन वित्त समूहको परिसूचक सर्वाधिक २.९२ प्रतिशतले घटेको छ।

यस्तै, जलविद्युत समूहको परिसूचक २.५० प्रतिशतले घटेको छ।

सम्बन्धित खबर