![](https://sajhamanch.com/wp-content/uploads/2023/08/dubera-death-1.jpg)
धनगढी । बाजुरामा काठे पुल भाँचिदा एक युवक बेपत्ता भएका छन् ।
जिल्लाको बूढीनन्दा नगरपालिका–३ लौठारुख का २७ वर्षीय गंग लुहार घोडाकोट खोलामा रहेको काठे पुल भाँचिदा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
काठेपुलबाट भैंसी र पाडो तार्ने क्रममा अचानक भाँचिन गई भैंसी र पाडोसहित गंग पनि खोलामा खसेका प्रहरीको भनाइ छ ।
भैसी जिउदै अवस्थामा किनारमा फेला परेको छ भने गंगको खोजतलास भइरहेको छ ।