२०८१ कार्तिक २९, बिहिवार , ११:४६:५० बजे

Sajhamanch
'

कोशी सरकारविरुद्धको रिटमा आज पेसी

बिहिवार, भदौ ७, २०८०

काठमाडौँ । कोसी सरकारविरुद्ध नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा आजको लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतमा बुधबार रिट दर्ता भएसँगै बिहीबारका लागि पेसी तोकिएको हो । कोसीका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिँदा सभाको अध्यक्षता गरेका व्यक्तिसमेतले मत दिएर बहुमत पुर्‍याएको विरोधमा एमाले सर्वोच्च पुगेको हो ।

आज अन्तरिम आदेश भएमा थापा नेतृत्वको सरकार फेरि सङ्कटमा पर्ने छ । यसअघि सभामुखको हस्ताक्षरबाट बहुमत पुर्‍याएका थापा नेतृत्वको सरकार साउन १० मा सर्वोच्चको आदेशबाटै ढलेको थियो ।

सम्बन्धित खबर