![](https://sajhamanch.com/wp-content/uploads/2023/08/Deuba-niwas-Dhumbarahi-1-1024x624-1-e1692693615167.jpg)
काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको अभियान स्थगित गरेको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारीले दोस्रो चरणको अभियान स्थगित गर्ने निर्णय गरेको हो ।
भदौ १० देखि २४ सम्मका लागि नागरिक र समुदायसँग प्रत्यक्ष जोडिने गरि अभियान गर्ने पार्टी केन्द्रीय समिति बैठकले निर्णय गरेको थियो ।
‘वर्षाको समयले गर्दा अभियान स्थगित गर्ने निर्णय गरिएको छ,’ सहमहामन्त्री बद्री पाण्डेले भने । बैठकमा मूल रुपमा दोस्रो चरणको अभियानमा छलफल भएको पाण्डेले जानकारी दिए ।
१५ भित्र भ्रातृ संस्थालाई पूर्णता दिने र विभाग गठन गर्ने पार्टीले निर्णय गरेको छ । विभाग गठनका लागि तयारीलाई निरन्तरता दिने कुरा भएको पाण्डेले बताए ।