२०८१ माघ २९, मङ्गलवार , ०७:४४:३६ बजे

Sajhamanch
'

ढुंगा खस्ने क्रम नरोकिएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउन समस्या

मङ्गलवार, भदौ ५, २०८०

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्ने क्रम नरोकिएपछि पन्छाउन समस्या भएको छ। सडक आवागमन सञ्चालनमा ल्याउन अझै केही थप समय लाग्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

सोमबार राति करिब ८ः०० बजेतिर खसेको पहिरो पन्छाउने कार्य हिजो रातीदेखि नै जारी छ। यहि अवस्थामा पहिरो हटाउन अझै दुई घण्टा लाग्ने कार्यालयले जनाएको छ। रातीदेखि नै पहिरो पन्छाउन चारवटा मेसिन प्रयोग भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ। पहिरो हटाउन अझै समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। पहिरो गएसँगै यस राजमार्ग भएर यात्रा गरेका यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन्। अहिले सवारी साधनको लामो लाइन लागेको छ ।

सम्बन्धित खबर