२०८२ असार १२, बिहिवार , ०६:१२:०५ बजे

Sajhamanch
'

भक्तपुर बाल सुधार केन्द्रबाट एक सय बढी बालबालिका भागे

सोमवार, भदौ ४, २०८०

काठमाडौं । भक्तपुरमा रहेको बाल सुधार केन्द्रबाट करिब एक सय बढी जना बालबालिका भागेका छन् । १८ वर्षभन्दा मुनिका व्यक्तिलाई सजाय तोकिए उक्त सुधार केन्द्रमा राखिन्छ । सानो ठिमीस्थित युसेफको बाल सुधार गृहमा रहेका उनीहरु सोमबार दिउँसो ढोका फोरेर भागेको प्रहरीले जनाएको छ ।

भित्र करिब तीन सय जनाजति रहेको बताइएको छ । भक्तपुर प्रहरी परिसरका डीएसपी वसन्त पाठकका अनुसार सय बढी भागेको अनुमान गरिएको छ । भागेकामध्ये केहीलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको छ । खोजतलास अहिले पनि जारी रहेको उनले बताए ।

आइतबार सुधार गृहमा एक किशोरको मृत्यु भएपछि उनका आफन्तले गेटमा प्रदर्शन गरेका थिए । कमल बस्नेतको सुधार गृह भित्रै मृत्यु भएपछि आफन्तले विरोध गरेका हुन् ।