![](https://sajhamanch.com/wp-content/uploads/2023/08/sudan-kirati-and-saudi-rajdut-hymed.jpg)
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले साउदी अरेवियाका राजदूत साद अबु हाइमेद समक्ष तेल र पानी साटफेर गर्ने प्रस्ताव गरेका छन् ।
आइतबार भएको भेटबारे जानकारी दिँदै पर्यटन मन्त्री किरातीले लेखेका छन्, ‘साउदीको तेल र नेपालको पानी साटेर सम्बन्धलाई अझ प्रगाढ बनाउँ ।
भेटमा आफूले उठाएका सवालबारे उनी भन्छन्, ‘पैसाको धनी साउदीले प्रकृतिको धनी नेपालमा पानी र पर्यटनमा लगानी गर्नुहोस् ।’
तातो साउदीबाट चिसो सगरमाथाको देश नेपाल घुम्न पर्यटक पठाउन समेत पर्यटन मन्त्रीले राजदूत हाइमेदसँग आग्रह गरेका छन् ।
उनले पोखरा र भैरहवा विमानस्थलमा साउदीबाट सिधा उडानको पहल गर्न समेत आग्रह गरेका छन् ।