![](https://sajhamanch.com/wp-content/uploads/2023/08/1682180070_1674121407_devraj-ghimire-1200x560-1200x560-1.jpg)
काठमाडौँ । सदन अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरुको बैठक बोलाएका छन्। अहिले बिहान ११ बजे सिंहदरवारस्थित सभामुख कार्यकक्षमा सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुलाई छलफलका लागि बोलाएका हुन्।
बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने तय भएको छ।
गत साउन १० गतेदेखि अवरुद्ध संसद् बैठकलाई सुचारु गर्न सभामुखले पहल गरिरहेका छन्। आज पनि प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।