२०८१ चैत १, शुक्रवार , ०९:५४:३८ बजे

Sajhamanch
'

सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न प्रधानमन्त्रीसँग भेट्दै सभामुख

शुक्रवार, भदौ १, २०८०

काठमाडौँ । सदनको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्दै छन्। बिहान ९ बजे बालुवाटारमा छलफल तय भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

सदन अवरोध भएपछि सभामुखले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरिसकेका छन्। सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले गत साउन १० गतेदेखि पटक पटक सदन अवरुद्ध गर्दै आएको छ।