
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको ग्राहक संख्यामा वृद्धि भएको छ । प्राधिकरणको ३८औँ वार्षिकोत्सवको अवसरमा निर्देशक कुलमान घिसिङले सार्वजनिक गरेको प्रतिवदेनमा आर्थिक वर्ष (आव) २०७९र८० मा ७.७६ प्रतिशत ग्राहक बढेको उल्लेख छ ।
आव २०७८र७९ मा ४७ लाख ७० हजार ग्राहक रहेकोमा आव २०७९र८० मा ७.७६ प्रतिशले बढेर ५१ लाख ३० हजार पुगेको प्रतिवेदनमा जनाइएको छ । सामुदायिक ग्रामीण विद्युतीकरणबाट विद्युत् सेवा उपभोग गरिरहेका पाँच लाख १० हजार ग्राहकसहित राष्ट्रिय ग्रिडबाट विद्युत् सेवा उपभोग गर्ने ग्राहकको संख्या ५६ लाख ४० हजार पुगेको छ ।
प्राधिकरणका अनुसार हाल राष्ट्रिय ग्रिडको पहुँचबाट ९५ प्रतिशत र साना तथा लघु जलविद्युत आयोजना एवं सौर्य विद्युत्बाट ३ प्रतिशत गरी जम्मा ९८ प्रतिशत जनताले विद्युत् सेवा प्राप्त गरिरहेका छन् । आगामी दुई वर्षभित्र सबै जनतालाई विद्युत्को पहुँच पुऱ्याउने गरी वितरण प्रणाली निर्माण कार्य अगाडि बढाइएको घिसिङले बताएका छन् ।
ग्राहको संख्या बढेपनि विद्युत् उत्पादन भने घटेको छ । गत वर्ष सुक्खा याममा नदीहरूमा जलप्रवाहको स्तर घटेकाले प्राधिकरणको जलविद्युत् गृहहरूबाट कुल दुई अर्ब ९३ करोड युनिट विद्युत् उत्पादन भएको प्रतिवेदनमा उल्लेख छ । जुन आव २०७८र७९ को तुलनामा १०.१० प्रतिशतले कम हो ।
प्राधिकरणले भारतबाट गत आवमा एक अर्ब ८३ करोड युनिट विद्युत् आयात गरिएको छ । जुन आव २०७८र७९ को तुलनामा १८.७९ प्रतिशतले बढी रहेको घिसिङको प्रतिवेदनमा उल्लेख छ ।
आव २०७८र७९ को तुलनामा आव २०७९र८० मा विद्युत् खपत ५.५० प्रतिशतले वृद्धि भई ९ अर्ब ३५ करोड युनिट पुगेको छ ।
प्रणालीको विद्युत चुहावट आव २०७९र८० मा १३.४६ प्रतिशतमा रहेको छ । जुन आव २०७८र७९ को तुलनामा १.९२ अङ्कले कमी हो । प्राधिकरणको इतिहासमा यो नै अहिलेसम्मको कम चुहावट भएको घिसिङको भनाइ छ ।
प्राधिकरणको नाफा पनि कमी आएको छ । स्वदेशी जलविद्युत गृहहरूबाट विद्युत उत्पादन घट्न गएकाले आयातित विद्युत ऊर्जाको परिमाण बढ्न जाँदा आव २०७९र८० मा प्राधिकरणको खुद नाफा आव २०७८र७९ तुलनामा ७.७६ प्रतिशले कमी आई १२ अर्ब ३३ करोड हुन गएको जनाइएको छ ।