२०८१ फागुन १, बिहिवार , ११:४५:४४ बजे

Sajhamanch
'

लगातार तीन दिन घटेको सेयर बजार आज बढ्यो

बिहिवार, साउन ३२, २०८०

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार ८ अंकले बढेको छ । गत तीन कारोबार दिन लगातार घटेको बजार चौँथो कारोबार दिन बढेर २०३३.१३ विन्दुमा बन्द भएको छ ।

तर, बुधबारको तुलनामा बिहीबार कारोबार रकम घटेको छ । आज एक अर्ब ५४ करोड १३ लाख रुपैयाँका सेयर कारोबार भएको छ । बुधबार एक अर्ब ६७ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

यस दिन म्युचुअल फन्ड, ऋणपत्र र सेयर गरी २७१ धितोपत्रको ४० लाख नौ हजार २६३ कित्ता खरिदबिक्री भएको छ ।

सोल्टी होटेल लिमिटेडको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यस कम्पनीको १३ करोड ७१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फन्ड समूहको परिसूचक बढेको छ । म्युचुअल फन्ड समूहको परिसूचक ०.२३ प्रतिशतले घटेको छ । सर्वाधिक परिसूचक वद्धि हुनेमा व्यापार समूह रहेको छ । यस समूहको परिसूचक २.५३ प्रतिशतले बढेको छ ।

सम्बन्धित खबर