![](https://sajhamanch.com/wp-content/uploads/2023/08/1692250837_Untitled-10-1200x560-1.jpg)
काठमाडौँ । अविरल वर्षाका कारण तनहुँ जिल्ला, शुक्लागण्डकी न.पा.४, पुल्चोकस्थित सेती नदि किनाराको जमिन भासिएपछि त्यहाँ बस्ने स्थानीयको उद्धार गरिएको छ।
जमिन भासिएर सेती नदी नै देखिन थालेपछि नदी किनारामा रहेको ३ वटा घरमा बस्ने स्थानीयको बुधबार राति नै नेपाली सेनाले उद्धार गरेको हो।
जमिन भासिएर घरहरू सेती नदिमा खस्ने जोखिममा रहेको हुँदा राति सात बजेदखि दश बजेसम्म उक्त स्थानमा रहेका स्थानीय बासिन्दाहरुलाई नेपाली सेनाले अन्य निकायको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।
साथै, जोखिममा रहेका घरहरुबाट स्थानीयबासीको लत्ता कपडा, खाद्यान्न तथा भाडावर्तन लगायतका सामाग्रीहरु समेत सुरक्षित स्थानमा लगिएको छ।