२०८१ चैत १, शुक्रवार , १२:३३:१० बजे

Sajhamanch
'

ओली भन्छन्– छानबिन समिति नबनाउँदा एक क्विन्टल सुन ६१ केजीमा झर्‍यो

बुधवार, साउन ३१, २०८०

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाउँदा एक क्विन्टल सुन ६१ केजीमा झरेको बताएका छन् ।

एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार उनले भने, हामीले सुन तस्करीको छानबिन गर्न उच्च समिति बनाउन भनेका थियौँ । तर, एक क्विन्टल भनिएको सुन ६१ केजीमा झर्‍यो, उनले भने, यो समिति नबनाउनुको परिणाम हो ।

पहिले एक क्विन्टल भनिएको सुन पगालेर जोख्दा ६० केजी ७१६ केजी भएको छ । ब्रेक सूसँगै जोख्दा १५५ केजी भएको थियो ।

सम्बन्धित खबर