२०८१ पौष १५, सोमवार , ०८:४३:५० बजे

Sajhamanch
'

मुगुमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुग्यो

मङ्गलवार, साउन ३०, २०८०

काठमाण्डौ । मुगुमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । गमगढी बजार र नेपालगञ्ज जान जीप चढेका हुम्लाका पाँचजनामध्ये चार जनाको ज्यान गएको हो ।

मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए । उनका अनुसार ज्यान गुमाउनेमा हुम्लाको सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुई जना राम परियार, प्रकाश बोहोरा र पीयूष परियार रहेका छन् ।

घाइते हुनेहरुमा मुगुको सोरु गाउँपालिका–७ सिप गाउँका जीप चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोरु–५ का वडासदस्य लोकजङ्ग नेपाली, सोरु–६ का सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहोरा छन् । हिजो बेलुका सोरु गाउँपालिकाबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको ग १ ज ७७६२ नम्बरको जीप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको हो ।

सम्बन्धित खबर