२०८१ फागुन ११, आइतवार , १२:४०:३९ बजे

Sajhamanch
'

विराटनगरमा युवकमाथि तरबार प्रहार

सोमवार, साउन २९, २०८०

विराटनगर । विराटनगरमा तरबार प्रहारबाट एक युवा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–८ का २२ वर्षीय महमद हलिम घाइते भएका छन् ।

स्थानीय सन्सारीमाई स्थानमा दिउँसो हलिममाथि तरबार प्रहार हुंदा उनको दुवै हातमा चोट लागेको प्रहरीले जनाएको छ । गम्भीर अवस्थाका उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ ।

विराटनगर–८ का अन्दाजी ३० वर्षीय समीर हुसेनलगायतको समूहले तरबार प्रहार गरेको प्रहरीले जनाएको छ । आक्रमण गर्ने तीनजना रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक एवं सहायक सूचना अधिकारी पपु नायकले बताए ।

घटनामा संलग्नहरुको खोजी भइरहेको नायकले बताए ।‌