
काठमाण्डौ । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ११ हजार तीन सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदीको भाउ भने आज पनि स्थिर छ । हिजो अस्तिको जस्तै चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।