![](https://sajhamanch.com/wp-content/uploads/2023/08/Koshi1688057211.jpg)
विराटनगर । कोसी प्रदेशसभाको बैठक भदौ १ गते बस्ने भएको छ ।
प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी शुक्रबार १ बजे बैठक बस्ने जनाएको छ । प्रदेशसभाको बैठक गत असार १५ गते अर्को सूचना नहुन्जेलसम्म स्थगित भएको थियो ।
असार १५ गते तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो ।