![](https://sajhamanch.com/wp-content/uploads/2023/08/Nepali-congress-samsadiya-dal-1-1024x624-1-e1691895274110.jpg)
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।
शुक्रबार र आज बसेको संसदीय दलको बैठकमा ५० जना सांसदहरूले धारणा राखेका छन् । बैठक आज सकिने बताइएको छ ।
बैठकमा धेरै विषयमा कुरा उठेको र ती विषयहरूलाई समेटेर महत्वपूर्ण प्रस्ताव पारित गर्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
कांग्रेस संसदीय दलको बैठकमा सरकार बदल्ने, ढाल्ने वा अर्को बनाउने विषयमा कुनै छलफल नभएको नेताहले दाबी गरेका छन् ।