२०८१ माघ २७, आइतवार , ०६:०९:४३ बजे

Sajhamanch
'

प्रतिनिधिसभाको बैठक बस्दै (यस्तो छ सम्भावित कार्यसूची)

सोमवार, साउन २९, २०८०

काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रबारे जानकारी गराउने  सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने, सुनील कुमार शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी गराउने, बाधा अड्काउ फुकाउ आदेश पेस गर्ने, विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर