२०८१ मंसिर ११, मङ्गलवार , ०३:१९:५२ बजे

Sajhamanch
'

डेंगु नियन्त्रणका लागि १० वटै वडामा विषादी स्प्रे गरिने

आइतवार, साउन २८, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिकाले डेंगु नियन्त्रणका लागि विषादी स्प्रे गर्न सुरु गरेको छ । नगरपालिकाले शनिबार वडा नम्बर ५ देखि विषादी स्प्रे कार्य सुरु गरेको हो ।

बिर्तामोडमा पछिल्लो समय डेंगुको प्रकोप बढ्न थालेपछि यसको नियन्त्रणका लागि लामखुट्टे र लार्भा नष्ट गर्न विषादी स्प्रे गर्न सुरु गकिएको वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाईले जानकारी दिएका छन् ।

विषादी छर्न वडा नम्बर ५ मा ३ दिन लाग्ने जनाइएको छ । तालिका अनुसार सबै वडामा पुगेर तालिम प्राप्त प्राविधिकहरुले विषादी स्प्रे गर्ने नगर स्वास्थ्य शाखा प्रमुख राजिवकृष्ण विस्टले बताए ।

विषादी स्प्रे गर्नका लागि २ जना व्यवस्थापक र १२ जना प्राविधिक गरी १४ जना खटिएका छन् ।

शुक्रबारसम्मको तथ्यांक अनुसार बिर्तामोडका ९० जनामा डेंगु संक्रमण भएको सिनियर अहेब दिपक सापकोटाले जानकारी दिएका छन् । डेंगुका कारण बिर्तामोडका २ जनाले ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित खबर