![](https://sajhamanch.com/wp-content/uploads/2023/08/Airport-Security-Tumlingtar-Airport-Buddha-Air-plane-1024x648-1.jpg)
काठमाडौं । प्रतिकूल मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित बनेको छ ।
पोखरा र सुर्खेत विमानस्थल आज बिहानबाटै बन्द छन् । तुम्लिङटार विमानस्थलमा समेत आजका लागि निर्धारित सबै उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
काठमाडौं विमानस्थलमा भने उडान नियमित भइरहेको छ । अन्तर्राष्ट्रिय उडान जारी छ ।