२०८१ माघ २६, शनिवार , ०१:३९:०० बजे

Sajhamanch
'

एमालेले संसद अवरोध गर्नु गलत : कांग्रेस सांसदहरू

शुक्रवार, साउन २६, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय आयोग गठनको माग राखेर नेकपा एमालेले संसद अवरोध गरिरहनु गलत भएको बताएका छन् ।

आजदेखि सुरु भएको संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरूले राज्यका संयन्त्रले अनुसन्धान गरिरहेको विषयमा छानबिन गर्न संसदीय समिति आवश्यक नभएको बताए ।

सुन तस्करीका बारेमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले छानबिन गरिरहेको छ ।

कांग्रेस सांसदहरुले आपराधिक घटनाका अनुसन्धानका लागि राज्यकै संयन्त्र बलियो बनाउनु पर्ने र प्रहरी प्रशासनलाई विश्वास गर्नु पर्ने बताएका छन् ।

अर्जुननरसिंह केसी र उदयशमशेर जबराले भने आयोग बनाउने हो भने पूराना घटनासमेत छानबिन गर्ने गरी शक्तिशाली आयोग बनाउनु पर्ने बताएका थिए ।

केहीले भने आफ्ना सांसद सुनिल शर्मालाई पूर्वाग्रही ढंगले पक्राउ गरेको भन्दै आपत्ति पनि जनाएका छन् ।

संसदीय दलको बैठकमा आज १६ जना सांसदले बोलेका छन् । बैठक आइतबार फेरि बस्ने गरी आजका लागि सकिएको छ ।

सम्बन्धित खबर