२०८१ माघ २६, शनिवार , ०३:५७:४५ बजे

Sajhamanch
'

त्रिभुवन विमानस्थलबाट ७ महिनामा २५ लाखले गरे अन्तर्राष्ट्रिय हवाई यात्रा

शुक्रवार, साउन २६, २०८०

काठमाडौं । यस वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ महिनाको अवधिमा २५ लाख यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन् । जनवरी २०२३ देखि जुलाई २०२३ सम्म २५ लाख १२ हजार ८१० जना हवाई यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका हुन् । ७ महिनामा १३ लाख ६८ हजार ३३७ जना यात्रु नेपालबाट विदेश उडेका छन् । ११ लाख ४४ हजार ४७३ जना यात्रु नेपाल आएका छन् । यो अवधिमा कुल १७ हजार ६२५ वटा उडानरअवतरण भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ८ हजार ८१३ वटा उडान भएका छन् । ८ हजार ८१२ वटा अवतरण यो अवधिमा भएको कार्यालयले जनाएको छ । यो अवधिमा १३ हजार ५३ टन कार्गो हवाईमार्गबाट ओसार–पसार भएको छ । ६ हजार ४१२ टन सामान नेपालबाट विदेश गएको छ । ६ हजार ६४१ टन कार्गो नेपाल भित्रिएको विमानस्थल कार्यालयको तथ्याङ्‍क छ ।

सम्बन्धित खबर