२०८१ माघ १, मङ्गलवार , ११:३९:२४ बजे

Sajhamanch
'

संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने रास्वपा सांसदहरुको घोषणा

शुक्रवार, साउन २६, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसदहरुले संसद अवरुद्ध भएको समयको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

रास्वपा सभापति रवि लामिछानेले शुक्रबार सभामुख देवराज घिमिरेलाई संसद अधिवेशन नियमित गर्न आवश्यक पहल लिन आग्रह गरेका छन् ।

साथै राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयमा कुनै पनि सेवा सुविधा नलिने सभामुखलाई जानकारी दिए ।

‘हालसम्म हामीले पाएको भए त्यसको मिलान गरिदिने व्यवस्थाका लागि हार्दिक अनुरोध गर्दछु’ उनले भनेका छन् ।

सम्बन्धित खबर